image
image

३ कम्पनीको ७ लाख कित्ता बढी शेयर लिलाम गर्दै एनआईसी एसिया बैंक

काठमाडौँ, ४, भदौ । एनआईसी एसिया बैंक NIC Asia Bank Limited  ले आफ्नो स्वामित्वमा रहेको विभिन्न कम्पनीको ७ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ ।

बैंकले आरएमडिसी लघुवित्त, मेरो माइक्रोफाइनान्स, र नागरिक लगानी कोषको गरि कुल ७ लाख ४२ हजार ७ सय ७३ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो। बैंकले आज भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म यी शेयर लिलाम गर्न लागेको हो ।

बैंकले आरएमडिसी लघुवित्तको ३ लाख ६ हजार ६५ कित्ता संस्थापक शेयर  लिलाम गर्न लागेको हो । बैंकले यी शेयरको न्युनतम मूल्य ६०३ कायम गरेको छ । सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । 

त्यस्तै बैंकले मेरो माइक्रोफाइनान्सको ८९ हजार ३ सय ३९ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । बैंकले यी शेयरको न्युनतम मूल्य ५७६ कायम गरेको छ । साथै बैंकले नागरिक लगानी कोषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो। यी शेयरको न्युनतम मूल्य १४ सय १० रुपैयाँ कायम गरेको छ ।  

सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

हाल कायम संस्थापक वा जो कोहि व्यक्ति , संघ संस्था कम्पनीले यी शेयरमा आवेदन दिन सक्ने छन् । नागरिक लगानी कोषको शेयरमा भने बैंक वित्तीय संस्था र बीमाले मात्र आवेदन दिन सक्ने छन्  । 

शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  नियामक निकायले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। हाल कायम शेयरधनीले भने आफ्नो शेयरधनी नम्बर पनि उल्लेख गर्नु पर्ने छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।