image
image

एक महिनामा नै सरकारले उठ्यो  झण्डै १ खर्ब राजस्व

काठमाडौं, ४, भदौ । सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै १ खर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।  महालेखा नियन्त्रक कार्यालयको तथ्याँक अनुसार सरकारले पहिलो महिनामा नै १ खर्ब बढी आम्दानी गरेको छ। 

भदौ २ गतेसम्ममा सरकारले कुल ९७ अर्ब १९ करोड ६ लाख रुपैयाँ राजस्व उठाएको छ यो भनेको कुल लक्ष्यको ८.४४ प्रतिशत हो। सरकारले चालु अर्थिक वर्षमा ११ खर्ब ५१ अर्ब ६० करोड ४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ। गत वर्षको यसै अवधिमा सरकारले ६१ अर्ब ३७ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो। जुन लक्ष्यको ६ प्रतिशतको हाराहारी मात्रै थियो। 

बुधबारसम्ममा सरकारले कर बापत ८० अर्ब १ करोड १७ लाख रुपैयाँ संकलन गरेको छ भने गैर कर बापत १७ अर्ब १६ करोड ८९ लाख रुपैयाँ संकलन गरेको छ।

अन्य आम्दानी समेत गरी सरकारले कुल १ खर्ब ९ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो भनेको कुल लक्ष्यको ९.०५ प्रतिशत हो।


सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा नै १।०४ प्रतिशत बजेट खर्च गरेको छ। भदौ २ गतेसम्ममा सरकारले १७ अर्ब १७ करोड १७ लाख रुपैया बजेट खर्च गरेको छ।  गत वर्षको यसै अवधिमा सरकारले ०।१४ प्रतिशत मात्रै बजेट खर्च गरेको थियो।

यस अवधिमा सरकारले कुल ११ अर्ब २२ करोड रुपैयाँ चालु खर्च गरेको छ। यो लक्ष्यको १।१२ प्रतिशत हो। यस वर्ष सरकारले १० खर्ब ४ अर्ब ३५ करोड ८८ लाख रुपैया चालु खर्च गर्ने लक्ष्य लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।