आजपनि घट्यो सुनको मूल्य
काठमाडौं ३० माघ । नेपाली बजारमा शुक्रवार (आज) सुनको मूल्यमा गिरावट आएको छ ।बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ५ सय रहेको थियो । आज मूल्य तोलामा ६ सयले गिरावट आइ प्रतितोला छापावाला सुन ९० हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ४ सय रहेको छ ।
चाँदीको मूल्य :
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १३ सय १५ रहेको थियो । आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १३ सय २० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।