image
image

रुरू जलविद्युतद्वारा बोनस सेयर वितरण गर्ने घोषणा

काठमाडौँ २ भदौ ।छोटो समयमै रुरू जलविद्युत परियोजना लिमिटेडले आकर्षक नगद लाभांशसहित बोनस सेयरको घोषणा गरेको छ । गत मंगलबार बसेको परियोजनाको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७६/७७ र ७७/७८ का लागि कम्पनीको मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको हो । कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो 


कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यसैगरी,आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको हो ।


उक्त प्रस्तावित लाभांश आगामी १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।