image
image

त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ शुरु हुँदै 

काठमाडौं माघ ३० । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रूपमा सञ्चालन गर्ने भएको छ ।  कोभिड–१९ को कारणले भौतिक रूपमा उपस्थिति नभई रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरू गर्न लागिएको त्रिविका रजिष्ट्रार प्राडा. पेशल दाहालले जानकारी दिए ।

कोभिड–१९ महामारीको प्रभाव कम हुँदै गएकाले भौतिक रूपमा विद्यार्थी उपस्थित गरेर कक्षा सञ्चालन गर्न थालिएको उनले बताए । कोभिड–१९ पछि त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्दै आएको थियो । त्रिविले यस वर्ष तीन महीनापछि मात्र कक्षा सञ्चालन गर्न थालेको हो । रजिष्ट्रार दाहालका अनुसार केही क्याम्पसले स्थानीय तहको स्वीकृति लिएर पहिल्यैदेखि पठनपाठन शुरू गरिसकेका छन् ।     

‘कोभिड–१९ को कारण हामीले तीन महिनापछि मात्र कक्षा सञ्चालन गर्न थालेका हौं,’ उनले भने । त्रिविले पढाइ सञ्चालनका लागि अहिले प्रवेश परीक्षा लिइरहेको छ । बन्दाबन्दीले रोकिएका परीक्षा धमाधम लिँदै र नतीजा प्रकाशनको काम भइरहेको जानकारी उनले दिए । ‘मङ्सिरदेखि अहिले पनि परीक्षा सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘ती सबै परीक्षाको परीक्षाफल यही फागुन–चैतभित्र प्रकाशन गर्ने योजना रहेको छ ।’ कोभिड–१९ को कारणले गत चैतदेखि स्थगित त्रिविको परीक्षा गत मङ्सिरदेखि सञ्चालन भएको थियो । त्रिविअन्तर्गत देशभरि एक हजार १२४ क्याम्पस छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।