image
image

​​​​​​नेप्से सामान्य अंकले बढ्दा  करिब १६ अर्बको कारोबार

काठमाडौँ ३२ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार सामान्य अंकले बढेको छ । आज नेप्से ५.७२ अंकले बढेर तीन हजार एक सय ६० दशमलब ५ विन्दुमा पुगेको हो । त्यस्तै, आज १५ अर्ब ९३ करोड ८ लाखको कारोबार भएको छ भने आज कारोबार भएका सात समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।    

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा नेशनल हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था, रु रु जलविद्युत परियोजना र हिमालय उर्जा विकास कम्पनी रहेका छन् । 

त्यस्तै, आईसीएफसी फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ७४ करोड भन्दा बढीको कारोबार भएको छ ।        
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।