image
image

सहकारीलाई उत्पादनको क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री  शर्माको निर्देशन

काठमाडौँ ३२ साउन । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेका छन्। नेफ्स्कुनको स्थापना दिवसमा उद्घाटन गर्दै उनले उत्पादनमुखी अर्थतन्त्र बनाउन सहकारीहरुलाई आग्रह गरेका हुन्। 

त्यस्तै उनले उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको जानकारी दिए। ‘तपाईहरुका कुनै समस्या छन र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु।’ मन्त्री शर्माले भने ‘तपाईहरुले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस्। कम्तिमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस्। गरिब निवारणमा सहयोग गर्नुस्।’

साथै सहकारीहरुले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म ब्याज लिने गरेकोमा घटाउनुपर्ने उनको तर्क छ । उनले सहकारीका संस्थापकहरुले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गरे। अहिलेसम्म स्थिरीकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गरे।        
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।