नबिल बैंकको ऋणपत्र बाँडफाँट
काठमाडौँ ३२ साउन । नबिल बैंकको ऋणपत्र बाँडफाँट भएको छ । कम्पनीले ८ प्रतिशत व्याजदरको ७ वर्षे ऋणपत्र निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता रू. १ हजार अंकित दरका रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र साउन १० गतेदेखि साउन २४ गतेसम्म निष्कासन गरेको थियो ।
रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु विक्री प्रवन्धक हिमालयन क्यापिटल लिमिटेडले आइतवार बाँडफाँट गरेको हो । कम्पनीले कूल ३० लाख कित्तामध्ये रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरेको छ भने बाँकी रू. १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको हो । सर्वसाधारणका लागि विक्री गर्ने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।