सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौँ ३२ साउन । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलाको एक हजार रुपैयाँले बढेको छापावाला सुनको मूल्य आज १ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले नै घटेर ९० हजार १ सय रुपयाँ कायम भएको छ ।
चाँदीको मूल्य :
हिजो तोलाको २० रुपैयाँले बढेको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।