image
image

मोबाइल आयातमा नयाँ रेकर्ड

काठमाडौँ ३१ साउन । पछिल्लो चार वर्षमा मोबाइल आयातमा नयाँ रेकर्ड कायम भएको छ । यस अवाधिमा नेपालमा भित्रिएका झन्डै  तीन करोड मोबाइलको (इन्टरनेश्नल मोबाइल इक्युप्मेन्ट आईडेन्टिटी) आईएमईआई नम्बर दर्ता भएका छन ।
  
२०७४ सालदेखि ०७८ सम्म आइपुग्दा आयातकर्ता र व्यक्तिगत रुपमा दुई करोड ७१ लाख ६५ हजार मोबाइल दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।तथ्याङ्क अनुसार गत बर्ष नेपालमा ३२ अर्बका ६३ लाख ५५ हजार सेट मोबाइल आयात भएको थियो । यो आयात नेपालकै इतिहासमा नयाँ रेकर्ड हो । ०७४ सालमा १६ लाख ९४ हजार आईएमईआई रजिष्ट्रेशन भएको थियो । त्यस्तै २०७५ मा आयातकर्ताले ६९ लाख ६४ हजार र व्यक्तिगत तर्फ १८ सय ६० मोबाइल दर्ता भएका छन ।

आईएमईआई दर्ता ०७६ सालमा आएर ह्वातै बढेको छ । जुन समय मोबाइल दर्तालाई दूरसञ्चार प्राधिकरणले पूर्णरुपमा अनिवार्य गरेको थियो । ०७६मा आईएमईआई दर्ताको सङ्ख्या बढेर ७६ लाख १६ हजार र ०७७ मा आएर १ करोड ९ लाख मोबाइल दर्ता भएका छन ।एमडिएमएस लागू भएपनि हालै आईएमईआई नम्बर दर्ता अनिवार्य नगरेपनि आगामी ६ महिना भित्र पूर्णरुपमा मोबाइल दर्ता प्रक्रियालाई अघि बढाउने जनाएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।