image
image

सेयर बजारलाई नकारात्मक प्रभाव पार्न दिइने छैन्ः अर्थमन्त्री शर्मा

काठमाडौँ ३१ साउन । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारलाई नकारात्मक प्रभाव पार्ने कुनैपनि कुरा हुन नदिने विश्वास व्यक्त गरेका छन् । सेयर कर्जा सिमाको विरोध गर्दै अर्थ मन्त्रालय पुगेका लगानीकर्ताहरुलाई उनले यस्तो आश्वासन दिलाएका हुन् ।

मौद्रिक नीतिमा पुँजी बजारलाई हेर्ने दृष्टिकोण अत्यन्तै दुराशयपुर्ण र पश्चगामी कदम भएको लगानीकर्ताहरुको गुनासो छ । नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालद्वारा जारी संयुक्त विज्ञप्तीमा ‘राज्यलाई पुँजी बजार क्षेत्रबाट उत्साहजनक राजस्व प्राप्त हुँदै गरेको अवस्थामा राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा पुँजी बजारलाई हेर्ने दृष्टिकोष अत्यन्तै दुराशयपुर्ण र पश्चगामी कदम भएको’ उल्लेख गरिएको छ ।

त्यस्तै अर्थमन्त्री शर्माले अहिले १२ करोड भन्दा बढि कर्जा लिएका लगानीकर्ताहरुको हकमा १२ करोड रूपैयाँ झार्न २ वर्षसम्म समय दिइएको छ यदि यो बीचमा यसलाई बजारमा केही नकारात्मक प्रभाव पर्यो भने सच्याइने आश्वासन समेत दिएका छन् । चालु आर्थिक वर्ष २०७८-७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारिले सेयर धितोमा राखेर एक व्यक्तिले १२ करोड रुपैयाँ मात्र लिन सक्ने र एक बैंकबाट ४ करोड मात्रै लिन पाइने व्यवस्था गरिएको जानकारी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।