वैदेशिक सहायतामा दोब्बरले वृद्धि
काठमाडौँ। कोरोना महामारीका बिच वैदेशिक सहायतामा दोब्बरले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विभिन्न विकास निर्माणका आयोजना कार्यान्वयनका लागि आएको वैदेशिक सहायता प्रतिबद्धतामा दोब्बरले बृद्धि भएको हो ।
पुष मसान्तसम्म दाताहरुबाट १ खर्ब ८७ अर्ब ४३ करोड ६२ लाख बराबरको सहायताको प्रतिबद्धता प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ सय ५६ दशमलव ८ प्रतिशत अर्थात १ खर्ब १४ अर्ब ४५ करोड ३९ लाख रुपैयाँले बढी हो ।
वैदेशिक सहयता प्रतिबद्धतामा वृद्धि भएपनि आयोजनाहरुमा कार्यान्वयनको स्थिति भने कमजोर देखिएको छ । निर्धारित समय र लागतमा आयोजनाहरु सम्पन हुन नसकि पटक पटक स्म्झौताको म्याद थप गर्ने प्रवृत्तिले वैदेशिक सहायतामा प्रभाव पर्दे गएको छ ।