image
image

शेयर बजारमा गिरावट हुँदा पनि हालसम्मकै सर्बाधिक कारोबार

काठमाडौँ ३१ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज आइतबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा २१ अर्ब ६४ करोड ७६ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७८ जेठ ३० गते आइतबार नेप्सेमा १९ अर्ब ५५ करोड १ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । 

त्यस्तै, आज नेप्से २४.५७ अंकले घटेर तीन हजार एक सय ५४ दशमलब ३४ विन्दुमा थामिएको छ । आज कारोबार भएका तीन समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र आईसीएफसी फाइनान्स कम्पनी रहेका छन् । 

त्यस्तै, आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ३८ रुपैयाँले बढेर प्रतिकित्ता ४१८ रुपैयाँ पुगेको छ भने जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य २४२.५ रुपैयाँले बढेर प्रतिकित्ता २६६८ रुपैया, युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ७७.७० रुपैयाँले बढेर प्रतिकित्ता ८५४.७० रुपैयाँ र आईसीएफसी फाइनान्स कम्पनीको ८९ रुपैयाँले बढेर प्रतिकित्ता १०२० रुपैयाँ पुगेको छ ।    

नेप्सेका अनुसार एनआईबीएल प्रगति फण्ड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ९ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल बैंकको भएको छ । यस कम्पनीको आज एक अर्ब भन्दा  बढीको कारोबार भएको छ ।          
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।