'भ्यालेन्टाइन डे' को अवसरमा बैंक अफ काठमाण्डूले ल्यायो यस्तो अफर
काठमाडौं । “भ्यालेन्टाइन डे” को अवसरमा बैंक अफ काठमाण्डू लिमिटेडले ईएमआई सुबिधा ल्याएको छ । क्रेडिट कार्ड बाहक आफ्ना ग्राहकहरुलाई गरगहना खरिदको लागि बैंकले यस्तो सुबिधा ल्याएको हो।
यसै अवसरलाई मध्यनजर गर्दै यस बैंक अफ काठमाण्डू लिमिटेडले गरगहना खरिदको लागि बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वैलर्स, लबिम मलसंग सहकार्य गरेको छ। यस ईएमआई सुबिधामा ग्राहकहरुले ४० हजार देखी ५ लाखसम्मको गरगहना खरिद गर्न सक्नेछन् ।
यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहकले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्नेछन् भने १२ महिनाको भुक्तानी अवधिमा ग्राहकहरुलाई २ महिनाको किस्ता छुट हुने बैंकले जनाएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।