image
image

बंगलादेशमा मन्दिर र हिन्दूहरुको पसलमा तोडफोड गर्ने  १० जना पक्राउ

काठमाडौँ २५ साउन  । बंगलादेशको खुलना जिल्लाको रुपसमा कयौँ मन्दिर र हिन्दू समुदायका मानिसहरुको पसलहरु तोडफोड गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेका छ । यो घटना शनिबार रुपसाको शियाली गाउँमा भएको थियो । हिन्दू समुदायका स्थानीयका अनुसार चार वटा मन्दिरमा तोडफोड गर्नुका साथै मुर्तिहरु भत्काइएको छ ।


यद्यपि, प्रहरीले कतिवटा मन्दिरमा क्षति पुगेको भन्नेबारे पुष्टि गरेको छैन । स्थानीय प्रशासनले मन्दिरमा तोडफोड भएको विषयमा शनिबार राति उजुरी दर्ता गरिएको र त्यसैका आधारमा गिरफ्तारी गरिएको जानकारी दिएको छ । प्रहरीले कुन धारा अन्तरगत उनीहरुलाई पक्राउ गरेको हो भन्ने बारे पनि खुलाएको छैन । रुपसा प्रहरी थानाका अफिसर इन्चार्ज सरदार मोसर्रफले अहिले सो क्षेत्रको स्थिति शान्तिपूर्ण रहेको बताए ।​


रुपसाका उपजिल्ला निर्वाही अभिसर र थानाका अफिसर इन्जचार्ज दुवैले दुई पक्षबीच बहस भएको बताएका छन् । शुक्रबार साँझ मस्जिदमा नमाज पढ्ने बेला हिन्दू समुदायका मानिसहरु गएर गीत गाएको विषयमा दुई समुहबीच विवाद भएको बताइएको छ । तर, दुवै अधिकारीले यसलाई गलत भनेका छन् । रुपसाका एक्जिक्यूटिभ अफिसरका अनुसार उनले यसबारे विवाद समाधान भइरसकेको र शनिबारको घटना योसँग नजोडिएको उनको दाबी छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।