तेलको मूल्य वृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग
काठमाडौं २९ माघ । नेपाल आयल निगमले बुधबार रति १२ बजे बाट लागू हुने गरि तेल तथा ग्याँसको मूल्य वृद्धि गरेको घोषणा गरेको थियो । पटक-पटक तेलको मूल्य वृद्धि भएको भन्दै यातायात व्यवसायी आक्रोश सहित उक्त निर्णय फिर्ता लिन माग गरेका छन् ।
सरकारले गएको पुस १६ गते, माघ ५ गते र हिजो बुधबार लगातार पेट्रोल तथा डिजेलको मूल्य बढाएको थियो । यसरि पटक-पटक मूल्य वृद्धि हुँदा सार्वजनिक सवारी चलाएर नाफा निकाल्न नसकिने अवस्था आएको भन्दै व्यवसायीले व्यवसायी र उपभोक्तालाई मार पर्ने बताएका छन्।
आफूहरु यात्रुलाई सुलभ दरमा सेवा दिन तयार भएपनि सरकारले उचित वातावरण बनाउनुको सट्टा बिगार्ने काम गरिरहेको व्यवसायीको भनाइ छ ।
यस्तै पेट्रोलियम डिलर्सलाई बढाएको कमसिनको भार समेत आफूहरुको काँधमा थोपरेर सरकारले उपभोक्तामाथि अन्याय गरेको बताए ।निगमले एक हप्ताअघि मात्रै पेट्रोल पम्पहरुको कमिसन बढाएर त्यसको भार उपभोक्तामाथि थोपरेको थियो।