image
image

डीडीसीद्वारा म्याद सकिएको दुग्धजन्य पदार्थ बिक्री वितरण गरिएको स्वीकार

काठमाडौँ २४ साउन । दुग्ध विकास संस्थान (डीडीसी)ले उपभोग्य मिति गुज्रिएको दुग्धजन्य पदार्थ बिक्री गरिएको स्वीकारेको छ । डीडीसीले उपभोग्य मिति गुज्रिए पनि बटरको गुणस्तरमा ह्रास नआएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा लकडाउनको समयमा गोदाममा थन्किएर प्याकेजिङमा उल्लेख गरिएको उपभोग्य मिति गुज्रिएको बटर बिक्री गरिएको स्वीकारेको छ ।


प्याकेजिङ भएको मितिले ८ महिना र १२ महिनासम्म उपभोग गर्न मिल्ने लेखिएको भए पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार त्यसको म्याद प्याकेजिङ भएको मितिले १८ महिना हुने डीडीसीको तर्क छ । यस्तै बटरको रङ, बास्ना, फ्रि फ्याटी एसिड, पेरोक्साइड भ्यालु, ¥यानसिडीटीलगायतका गुणस्तर कायम रहेको डीडीसीले पठाएको प्रतिवेदनमा उल्लेख रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।