राष्ट्रिय प्रसारण लाईनमा जोडिंदै स्थानीय उत्पादन
म्याग्दी। म्याग्दीको दानामा निर्माण गरिएको दाना सब–स्टेसनको सफल परीक्षण भएसँगै यस क्षेत्रमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सब स्टेसन र प्रसारण लाइन नहुँदा यस क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर गएको थियो ।
नेपाल विद्युत् प्राधिकरण निर्माण गरेको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सब–स्टेसन सञ्चालनमा ल्याएपछि यहाँ उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिन थालेको हो । निर्माणको अन्तिम चरणमा रहेको ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् पनि यसै सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यो आयोजनाले निर्माण सम्पन्न गरी परीक्षण उत्पादनको तयारी थालेको छ ।
प्रसारण लाइन निर्माण भएपछि यस क्षेत्रमा जलविद्युत् विकासको ढोका खुलेको छ । यस क्षेत्रमा १०९ मेगावाट क्षमताको निलगिरी जलविद्युत् आयोजना निर्माणको चरणमा छ । प्रसारण लाइन निर्माण भएसँगै आयोजना एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिएको छ ।