नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष दिए राजीनामा
काठमाडौँ २१ साउन । नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् ।विहीबार दिउँसो ३ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएका हुन् ।
केपी ओली प्रधानमन्त्री भएको बेला विष्टले नेपाल टेलिभिजनको अध्यक्षमा राजनीतिक नियुक्ति पाएका थिए ।
केपी ओली प्रधानमन्त्री भएको बेला विष्टले नेपाल टेलिभिजनको अध्यक्षमा राजनीतिक नियुक्ति पाएका थिए ।









