image
image

उद्योग वाणिज्य महासंघद्वारा वैदेशिक रोजगार फोरम विस्तार 

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विष्णु प्रसाद गैरेको सभापतित्वमा वैदेशिक रोजगार फोरम  विस्तार भएको छ । फोरमको सहसभापतिमा प्रज्ञान न्यौपाने छन। 

फोरमका सदस्यहरूमा कृष्ण पौडेल, संजय निरला, संजय देवकोटा, मोहम्मद जुनैद, मन गुरु ̈,विनायक पोखरेल र भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थिरमणि पौडेल,सुवर्ण श्रेष्ठ रहेका छन । फोरमका सल्लाहकारहरूमा किरण किशोर घिमिरे, रोहन गुरु ̈, सुजित कुमार श्रेष्ठ, नवराज के.सी. र नरेन्द्र ढकाल छन। ।

नवगठित फोरम विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको योगदानलाई उच्च मुल्यांकन गरी महासंघले पहिलो पटक वैदेशिक रोजगार क्षेत्रलाई नै हेर्ने गरी वैदेशिक रोजगार फोरम गठन गरेको बताए । वार्षिक करिव ९ खर्वको हाराहारीमा भित्रिने रेमिटेन्सले मुलुकको अर्थतन्त्रमा निकै ठुलो योगदान पुर्याएको छ । 

'दक्ष जनशक्ति पठाउन नसक्दा न्यूनतम तलवमा अनेकन समस्याहरू झेल्दै विदेशी भूमिमा काम गर्न हाम्रा दाजुभाई दिदी बहिनीहरू वाध्य छन्। यो क्षेत्रलाई अझ बढी व्यवस्थित बनाउन, दक्ष जनशक्ति विकास तथा समस्यामा रहेका नेपालीहरूलाई सकेको सहयोग गर्न समेत केही योगदान पुर्याउन  सकियोस भनेर महासंघले फोरम गठन गरेको गोल्छाले बताए। उनले फोरमले वैदेशिक रोजगारीका समग्र बिषयहरुमा परिणामदायी रूपमा काम गर्न सुझाव दिए। 

महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष रामचन्द्र संघाईले फोरमको सफलताको कामना गर्दै विशेष गरी फोरमले यस क्षेत्रका सरोकारवाला निकायहरूसंग बसेर वैदेशिक रोजगारीका सम्भाव्यता तथा चुनौतीहरूका वारेमा अध्ययन गरी ठोस सुझाव तयार गर्न अनुरोध गरे। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।