इजरायलको उन्नत केरा ‘विलियम हाइब्रिड’ खेती झापामा
झापा । इजरायलमा हुने उन्नत जातको केराखेती झापामा सुरु भएको छ । झापा गाउँपालिका–३ का कृषक चन्द्रप्रसाद बस्नेतले इजरायलमा हुने उन्नत जातको ‘विलियम हाइब्रिड’ जातको केराखेती सुरु गरेका हुन् ।
झापामा पहिलोपटक भित्र्याइएको उक्त जातको केरा सुगन्धित र स्वादिलो हुने उनले बताए । ‘एउटै माटोमा दश वर्षसम्म खेती गर्न मिल्ने यो जातको केरामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ’, उनले भने, ‘यो केराखेतीबाट १० वर्षसम्म आम्दानी लिन सकिन्छ, यो अन्य जातको केरामा हुँदैन ।’
यो केरामा रोग कम लाग्ने भएकाले उत्पादन बढ्ने र उच्च लाभ मिल्ने उनको दाबी छ । विलियम केराको बोटको मध्यम उचाइ बढीमा दश फिटसम्मको र निकै मोटो गोलाइको हुन्छ ।
यसको बोट र पात गाढा हरियो हुन्छ । केराको घरी लामो र बाक्लो काइँया (१२ देखि १५ सम्म) हुने उनको भनाइ छ । कोसा मोटो र लामो हुने यो जातको केरामा एउटा घरीमा १७० देखि २०० कोसासम्म फल लाग्छ । बस्नेतले अन्य युवाहरुको सहकार्यमा एग्रिसेन्टर झापा प्रालि कृषि फार्म सञ्चालन गरेका छन् ।
एग्रिसेन्टरमा उनीसँगै डम्बर खनाल, पूजा खनाल, हरिकला कार्कीलगायत पाँच जनाको साझेदारी छ । २५ लाखबाट सुरु गरेको व्यवसायमा अहिले ७० लाख लगानी पुगिसकेको छ ।
एक वर्षअघि शुरु गरिएको केराखेती फस्टाएपछि खेती विस्तार पनि हुँदै गएको छ । केराखेती बढाएर २५ बिघामा पु¥याउने लक्ष्य रहेको सुनाउँदै उनले भने, ‘जग्गा भाडामा लिएर घेराबारा गरिसकेका छौं, आउने मौसममा बिरुवा लगाउँछौँ ।’
हाल दुई बिघा क्षेत्रफलमा गरिएको केराखेतीमा इजरायली विलियमसँगै नेपालका लागि नयाँ प्रजातिकै मानिने भुटानी मालभोग केरा रोपिएको छ । बगानको बीच–बीचमा नेपाली मालभोग केरा पनि लगाइएको बस्नेतले बताए ।
सरकारी कोटामा स्थानीय कृषि सहकारी संस्थामार्फत कृषिसम्बन्धी ज्ञान हासिल गर्न ११ महिना इजरायल गएका बस्नेतले त्यहाँ केराखेतीसम्बन्धी सिकेको सीप र प्रविधिअनुसार नै आफ्नै गाउँठाउँमा केराखेती गरेको र त्यसबाट सफलता प्राप्त हुँदै गएको उल्लेख गरे ।
इजरायलबाटै विलियम जातको केराको एउटा बिरुवा ल्याएको र काठमाडौँको कृषि प्रयोगशालामा विकास गरिएको बिरुवा ल्याएर खेती गरिएको उनी बताउँछन् । अहिले उनको बगानमा पाक्दै गरेका, पाक्न आँटेका, पसाउँदै गरेका र हुर्कँदै गरेका विभिन्न चरणका केराका बोट छन् ।
विलियम जातको केराखेतीमा अन्य कृषकको पनि आकर्षण बढ्दै गएको बस्नेत बताउँछन् । फार्मबाट झापाका अन्य कृषकका साथै चितवनसम्मका कृषकले बिरुवा लैजाने गरेका छन् ।
यहाँबाट उत्पादित केरा धेरैजसो काठमाडौँ जाने गरेको छ । साथै पूर्वको इटहरी, दमक, बिर्तामोड, धरान, विराटनगरलगायतका बजारमा बिक्री भइरहेको छ । उत्पादित केराको बजारको अभाव नभएको उनको भनाइ छ । व्यापारीहरु बगानमै आएर खेरा खरिद गर्ने गरेको बस्नेतले बताए ।