मलेसियामा विदेशी कामदार बस्ने होस्टेललाई व्यवस्थित बनाईदै
काठमाडौँ । मलेसियामा विदेशी कामदार बस्ने होस्टेललाई व्यवस्थित बनाउन कडाई गरिने भएको छ । कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले यस्तो योजना ल्याएको हो।
विदेशी श्रमिक धेरै भिडभाडयुक्त होस्टेलमा बस्न नपरोस र संक्रमणबाट मुक्त होउन भन्ने उदेश्यले यस्तो योजना अघि सारिएको मलेसियाको सरकारी संचारमाध्यामले जनाएको छ।
होष्टल बढी भिडभाडयुक्त भएमा रोजगारदाताले निकै ठूलो आर्थिक जरिवाना तथा कैद सजाय समेत भोग्नुपर्ने चेतावनी सरकारले दिएको छ। त्यस्तै, सरकारले निर्माण क्षेत्रमा एक समयमा काम गर्न पाइने श्रमिकको संख्या तोक्ने तयारी समेत गरेको छ । मलेसियामा निर्माण क्षेत्रमा एकैसमयमा धेरै श्रमिकलाई काममा लगाइएका कारण कोभिडको संक्रमण फैलिएको अनुमान गरिंदै आएको छ ।