image
image

अब ४० वर्ष भन्दा कम उमेरका महिला विदेश जाँदा घर र वडाको अनिवार्य सिफारिस!

काठमाडौँ २८ माघ । अब ४० वर्ष भन्दा कम उमेरका महिला विदेश जाँदा घर र वडाको अनिवार्य सिफारिस चाहिने भएको छ । अध्यागमन विभागले पहिलोपटक विदेश भ्रमण गर्ने ४० वर्ष भन्दा कम उमेरका महिलालाई त्यसका लागि परिवारको सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य रुपमा चाहिने व्यवस्था प्रस्ताव गरेको हो 

अध्यागमन विभागका सूचना अधिकारी टेकनारायण पौडेलका अनुसार विदेशमा नेपाली महिलाहरु धेरै समस्या परेको तथ्यांकलाई हेरेर आफूहरुले परिवारको सहमति र वडाकार्यालयको सिफारिस अनिवार्य गर्नु पर्ने व्यवस्था प्रस्ताव गरेको बताए ।

विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसा सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो ।प्रस्तावित नयाँ व्यवस्था अनुसार परिवारसँग वा पतिसँग पहिलोपटक विदेश जाने ४० वर्षमुनिका महिलाले भने  वडाको स्वीकृति लिनु पर्दैन ।

तर आयोगको यो प्रस्तावको चौतर्फी आलोचना भएको छ । संविधानले गरेको व्यवस्था विपरित महिलालाई लिंगकै आधारमा राज्यले फरक र विभेदकारी व्यवहार गर्न खोजेको तथा आफ्नो निर्णय आफै गर्न पाउने वा आत्मनिर्णयको स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको उनीहरुको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।