image
image

जिरीमा पोखरीमा डुबेर बेपत्ता बालिकाको मृत अवस्थामा शव फेला

काठमाडौँ, १९, साउन । दोलखाको जिरी नगरपालिकामा पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको आज मृत अवस्थामा शव फेला परेको छ । हिजो दिउँसो जिरी खोलाको झोलुङगे पुल नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएकी ९ वर्षिया अंशु जिरेलको आज बिहान मृत अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ ।

हिजो दिउँसो साथीसंगै पौडी खेल्न गएकी जिरी नगरपालिका वडा नम्बर ६ मानेडाँडाका अनिल जिरेलकी ९ वर्षिया छोरी अंशु जिरेल बेलुकी सम्म घर नफर्किएपछि खोजी गर्दा आज बिहान करिब ११ बजे उनी मृत अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय जिरीका प्रमुख प्रहरी निरिक्षक विष्णु खड्काले जानकारी दिनुभयो ।

प्रमुख प्रहरी निरिक्षक खड्काका अनुसार मृतक बालिकाको शव अहिले घटना स्थलमै रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।