image
image

कीर्तिपुरमा गणेशमान सिंहको सालिक बनाउन रकम हस्तान्तरण

काठमाडौँ, १९, साउन । कीर्तिपुर नगरपालिका वडा नम्बर ८ मा गणेशमान सिंहको सालिक स्थापना गर्न रकम हस्तान्तरण भएको छ।गणेशमान सिंह पार्कमा सिंहको सालिक स्थापना गर्न अमेरिकाबाट पूर्ण बानियाँको अग्रसरतामा रकम संकलन गरी पठाइएको थियो।

उक्त रकम आज नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हस्तान्तरण गरेका छन्। चाक्सीबारीमा आज बिहान आयोजित कार्यक्रममा सिंहले अमेरिकाबाट संकलन गरी पठाएको दुई लाख १० हजार रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रममा पूर्वमन्त्री राजेन्द्रकुमार केसी, प्रदेश सांसद पुकार महर्जनलगायत उपस्थित थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।