image
image

जन्मैदेखि बन्दी जीवन भोग्दैछन् बालिका

चितवन । जिल्ला कारागार चितवनमा यहाँका दुई बालिका जन्मदेखि नै बन्दी जीवन बिताउन बाध्य भएका छन् । गर्भवती अवस्थामा कारागार चलान भएर बन्दी जीवन बिताइरहेकी दुई आमाले कारागारमै बच्चा जन्माएकी हुन् । कारागार कार्यालय चितवनमा अहिले तीन आश्रित बालिका रहेका छन् । एक बालिका आमासँगै आएकी हुन् । लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय पाएकी अनामिका (नाम परिवर्तन) कारागार चलान हुँदा पेटमा दुई महिनाको बच्चा थियो । उनी कारागार गएपछि सात महिनामा छोरीलाई जन्म दिइन् । अहिले ती बालिका दुई वर्ष पुग्न लागेकी छिन् । बालिकाले अहिलेसम्म बाबुको काखमा खेल्न पाएकी छैनन् ।

बालिकाले अहिले घरनै कारागारलाई मान्ने गरेको भन्दै अनामिकाले भनिन्, ‘मैले गरेको नराम्रो कामका कारण मेरो अबोध बच्चा पनि चार दिवारमा थुनिनुपरेको छ ।’ उनका श्रीमान् समय समयमा छोरी र श्रीमतीको अवस्था बुझ्न कारागार आउने भए पनि कोरोनाका कारण छोरीलाई लिन पाएका छैनन् । उनले भनिन्, ‘भेटघाटमा आउँदा देख्ने गरेको भए पनि बाबु यहि हो भन्ने बारेमा अहिलेसम्म पनि ज्ञान छैन ।’ भर्खर तोते बोल्न लागेकी छोरीले बाबा भनेर बोल्दै गर्दा आफूलाई आत्मग्लानी भएर आउने उनले बताइन् ।

कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेले कारागारभित्र बालबालिकाका लागि आवश्यक सम्पूर्ण सुविधा पर्याप्त नभए पनि मायामा भने कमी हुन नपाउने बताए । उनले भने, ‘बालबालिकाले घरमा जस्तो खेल्ने कुरा खेल्न र आफन्तको माया नपाए पनि अन्य कुरामा कुनै समस्या छैन ।’ बालबालिकाको हकमा तीनदेखि पाँच वर्षसम्म मात्र यहाँ रहने भन्दै उनले तीन वर्ष पुगेपछि घर परिवारको जिम्मा लगाउने, घर परिवार नभए विभागले तोकेको संस्थामा पठनपाठनका लागि पठाउने गरेको बताए ।
-सौर्य दनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।