image
image

 विगत ७ महिनामा ६१ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ, १८, साउन । विगत ७ महिनामा विभिन्न देशबाट गरी ६१ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन विमानस्थल, अध्यागमन विभागका अनुसार गत जनवरी १ देखि जुलाई ३१ सम्ममा विभिन्न मुलुकहरूबाट गरी कुल ६१ हजार ४९ जना विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका हुन् । 

जुन गत वर्षको सोही अवधिको तुलनामा २७।३२ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ४४ हजार ३६९ जना विदेशी पर्यटकहरु हवाई मार्ग हुँदै नेपाल आएका थिए । 

अध्यागमन विभागका अनुसार गत जुलाई महिनामा मात्र २ हजार ९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् । 
कोभिड–१९ को संक्रमण र सन्त्रास अझैं कायमै रहिरहेको अवस्थामा एसियन ९सार्क० मुलुकहरूबाट मात्र एक हजार १३१ जना, अन्य एसियन मुलुकहरु, चीन, जापान, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, म्यानमार, थाइल्याण्ड लगायतबाट जम्मा १३३ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ । 

यस्तै, युरोपियन मुलुकहरूबाट गत जुलाईमा ४१७ जना, सामुद्रिक मुलुकहरूबाट ५२ जना र अमेरिकन मुलुकहरूबाट अधिकतम ८९७ जना आएको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।