image
image

एमालेमा ओली र माधव समूहको बैठक जारी

काठमाडौँ, १८, साउन । नेकपा एमालेको संस्थापन (ओली) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको फरक–फरक स्थानमा बैठक बसिरहेका छन् । अध्यक्ष ओली समूहको स्थायी समिति बैठक पुष्पलाल स्मृति प्रतिष्ठानमा र माधव नेपाल समूहको बैठक बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको छ । 

ओली समूहको बैठक पौने चार बजे र माधव समूहको साढे २ बजेबाट बसिरहेको छ ।  ओली समूहको बैठकमा खासगरी तीनवटा एजेण्डामा छलफल भइरहेको छ ।  जसमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी तथा पार्टी सदस्यता नवीकरण र वितरण रहेका छन् ।  माधव समूहले भने पार्टी एकताका लागि भइरहेको प्रयास तथा भावी रणनीतिबारे छलफल गरिरहेको बताइएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।