image
image

रेलमार्ग संचालनका लागि भाडादर प्रस्ताव

काठमाडौँ । कुर्ता-जयनगर रेलमार्ग संचालनको प्रक्रिया सुरु हुँदै गर्दा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ । 

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर सडकमा भाडादर रु ७५ प्रस्ताव गरिएको कम्पनीका महापबन्धक गुरु भट्टराईले जानकारी दिए । अरु सवारीसाधन जति नै हुने गरी भाडादर प्रस्ताव गरिएको उनले बताए । सामान्य भन्दा डिलक्स सिटका लागि चारदेखि पाँच गुणासम्म महँगो भाडा कायम हुनसक्ने उनले बताए। 

औपचारिक उद्घाटन हुनासाथ रेल्वे नियमित रुपमा संचालनमा आउने कम्पनीले जनाएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त रेल गत असोज २ मा नै नेपाल आइपुगेको थियो। एक हजार २०० देखि एक हजार ३०० जनासम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ ।
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।