image
image

एसिड प्रहार गरेको आरोपमा एक पक्राउ

काठमाडौँ, १८, साउन । एसिड प्रहार गरी तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका –३ हर्दियाका ३० वर्षीय रोमन राजधामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्रकुमार कार्कीका अनुसार सुनसरीमा तीन जनामाथि एसिड प्रहार गरेर फरार राजधामीलाई काठमाडौँको गौशालाबाट पक्राउ गरिएको हो ।

डीएसपी कार्कीका अनुसार राजधामीकी २८ वर्षीया श्रीमती सरू भन्ने सरस्वती बस्नेतसँग विवाद भएको र विवादका क्रममा राजधामीले श्रीमतीमाथि एसिड प्रहार गर्न खोजेका थिए ।

डीएसपी कार्कीले भने, ‘त्यही क्रममा सरू ज्यान जोगाएर घरबाट भागेर छिमेकीकोमा पुगिन् । राजधामीले पनि उनलाई लखेट्दै त्यहीं पुगे, त्यही क्रममा छिमेकीले छुट्याउँन खोज्दा उनीहरुमाथि समेत एसिड प्रहार गरेर फरार भए ।’

घटनापछि उनी भागेर काठमाडौँ पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।