image
image

बंगलादेशविरुद्ध हुने टी–२० सिरिजमा अष्ट्रेलियाको कप्तानी म्याथ्यु वेडले गर्ने

काठमाडौं, १८, साउन। बंगलादेशविरुद्ध हुने टी–२० सिरिजमा अष्ट्रेलियाको कप्तानी विकेटकिपर ब्याट्सम्यान म्याथ्यु वेडले गर्ने भएका छन् । बंगलादेश भ्रमणमा रहँदा वेडले अष्ट्रेलियाको कप्तानी गर्ने अष्ट्रेलिया क्रिकेटले जनाएको हो ।

नियमित कप्तान आरोन फिन्चले घुँडाको चोटको कारण भ्रमण गुमाएपछि वेडले कप्तानी गर्ने अवसर पाएका हुन् । वेस्टइन्डिज भ्रमणका बेला फिन्चलाई चोट लागेको थियो ।

३३ वर्षीय वेडले गत वर्ष टी–२० क्रिकेटमा एलेक्स केरीबाट नम्बर वान ग्लोभ्सम्यानको पोजिसन खोसेका थिए।

अष्ट्रेलियाले बंगलादेशसँग उसैको मैदानमा पाँच खेलको टी(२० सिरिज खेल्नेछ । सिरिजको पहिलो खेल अगस्ट ३ मा ढाकामा हुनेछ ।

सन् २०१७ पछि अष्ट्रेलियाले पहिलो पटक बंगलादेश भ्रमण गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।