image
image

एनआईसी एसिया बैंकको 'भ्यालेन्टाईन डे' अफर : २० भाग्यशाली ग्राहकलाई तारे होटलमा डिनर 

काठमाडौँ । 'भ्यालेन्टाईन डे' को अवसरमा एनआईसी एसिया बैंकले ‘सेलिब्रेट लभ विथ एनआईसी एसिया बैंक’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकले डिजिटल च्यानलमार्फत कारोबार गर्ने २० भाग्यशाली ग्राहकहरूलाई नेपालको उत्कृष्ट तारे होटलमा ‘भ्यालेन्टाइन डे’ को दिन डिनर गर्ने आकर्षक अवसर प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले २८ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने यस योजनालाई मोबाइल बैंकिङ्ग सेवामार्फत कुरियर कोड स्क्यान गरी कारोबार गर्ने, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट वा क्रेडिट कार्डमार्फत पिओएसद्वारा भुक्तानी गर्ने र ई–कमर्शमार्फत कारोबार गर्ने गरी ४ वटा च्यानलबाट प्रतिच्यानल ५ जना गरी कुल २० जना भाग्यशाली ग्राहकहरूलाई गोलाप्रथामार्फत छनौट डिनरको लागि समावेश गरिनेछ ।

योजना अवधिभर रू. ५०० भन्दा बढीको कारोबार गर्ने ग्राहकहरूलाई मात्र गोलाप्रथामा सामेल गरिनेछ भने सो रकमभन्दा बढी कारोबार गर्ने ग्राहकहरूको विजेता बन्ने उच्च सम्भावना रहनेछ । काठमाडौँलगायत देशका जुनसुकै ठाउँबाट यस योजनामा सहभागी हुन पाईने बैंकले जनाएको छ । 

यस योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई भने समावेश गरिएको छैन । यस योजनाबाट ग्राहकलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।