एक वर्षमा २७ करोडभन्दा बढीको अवैध सुन बरामद
काठमाडौं, १८, साउन। कोरोना भाइरस संक्रमण महामारीको समयमा अवैध सुनको कारोबार बढेको छ। प्रहरीकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा २७ करोड १५ लाख ९१हजार ६०८रुपैयाँको अवैध सुन बरामद भएको छ।यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बरामद गरिएकोभन्दा ३३.७५ प्रतिशत बढी हो।
आर्थिक वर्ष २०७६/७७ मा प्रहरीले २० करोड ३० लाख ५१ हजार १३२ रुपैयाँको अवैध सून बरामद गरेको थियो। आर्थिक वर्ष २०७५/७६ मा २३ करोड ५५ लाख ४१ हजार ८४१ रुपैयाँको अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ।
आर्थिक वर्ष २०७६/७७ मा प्रहरीले २० करोड ३० लाख ५१ हजार १३२ रुपैयाँको अवैध सून बरामद गरेको थियो। आर्थिक वर्ष २०७५/७६ मा २३ करोड ५५ लाख ४१ हजार ८४१ रुपैयाँको अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ।









