image
image

गण्डकी प्रदेशमा कृषि तथा वन पर्यटनको सम्भावना

काठमाडौँ, १७, साउन । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारणमन्त्री चन्द्रबहादुर बुढा मगरले गण्डकी प्रदेशमा कृषि तथा वन पर्यटनको प्रशस्त सम्भावना रहेकोले सरकारले त्यसको विकासका लागि काम गर्ने बताएको छन् । गृह जिल्ला बागलुङ पुगेर मन्त्रीद्वयले कृषि र पर्यटनलाई सगसँगै लैजाने उद्घोष व्यक्त गरेका थिए । 

शनिबार गृह जिल्ला आएका नवनियुक्त मन्त्रीद्वयले आजसम्म विभिन्न भेटघाट, स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भइरहेका छन् । उनीहरुले बागलुङको विकास सँगसँगै कृषि र वनसँग जोडेर पर्यटनको विकास गर्दा दोहोरो फाइदा कमाउनसक्ने सम्भावना रहेको बताए । 

आयात प्रतिस्थापन गर्दै निर्यातमूलक अर्थनन्त्र स्थापनाका लागि आफुहरुले सक्दो सहयोग गर्ने जनाउँदै मन्त्री कँडेलले प्रदेश सरकारको कोरोनालाई निस्तेज पार्ने पहिलो प्राथमिकतामा रहेका र त्यसपछि बेरोजगाी घटाउने, पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नेलगायतका काममा लाग्ने बताए । 

कृषि तथा सहकारीमन्त्री बुढा मगरले सहकारीको कानूनी जटिलताको छिट्टै अन्त्य गर्ने बताए । उनले कृषि क्षेत्रको अनुदान कार्यक्रम प्रभावकारी बनाइने जानकारी दिए ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।