कुवेतमा नक्कली म्यानपावर संचालन गर्ने सात नेपाली महिला पक्राउ
काठमाडौँ । कुवेतमा नक्कली म्यानपावर कम्पनी संचालन गर्ने सात नेपाली महिला पक्राउ परेका छन। सुरक्षा विभागले घरेलु कामदारको लागि रोजगार दिने भनेर स्थापित नक्कली कार्यालयमा छापा मार्दा सात नेपाली पक्राउ परेका हुन् ।
उक्त कम्पनीले महिला कामदारलाई बिध्यमान तलब भन्दा दोब्बर तलब दिने भन्दै प्रायोजकहरुबाट भाग्नको लागि उक्साउने गरेको पाइएको छ । यसरी नक्कली कम्पनि संचलन गर्दै आएको गिरोहले लाइसेन्स प्राप्त रोजगारदाता कम्पनिमार्फत रोजगार प्राप्त गरेका कामदारलाई अन्य रोजगारदाता कम्पनीलाई वितरण गरे वापत अग्रिम भुक्तानी लिने गर्दथे।
नक्कली रुपमा कार्यालय चलाउँदै आएका सात जना नेपालीहरुसँगै केही महिला कामदारहरु र केही अनुमतिप्राप्त कार्यालयका प्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ। त्यसरी भागेका कामदार गैरकानुनी हुन्छन, यस्ता कामदारलाई प्रहरीले भेटमा जुनसुकै समयमा पनि देश निकाला गर्न सक्ने छ । त्यसरी देश फर्केकाहरुले ५ वर्ष सम्म कुवेत प्रवेश गर्न समेत पाउँदैनन।