image
image

एमालेको स्थायी कमिटी बैठक जारी

काठमाडौँ, १७, साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक ललितपुरमा बसिरहेको छ । आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक निर्धारित समयभन्दा करिब १ घण्टापछि सुरु भएको हो ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी छैन । पार्टी एकता प्रयासलाई अगाडि बढाउने भनेर शनिबार बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो । तर आइतबारसम्म पनि नेपाल पक्षसँग कुनै सहमति भएन ।

शनिबार नेपाल पक्षका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल दुवै जनासँग छलफल गरेका थिए । तर कुनै निष्कर्ष निस्केन ।

बैठकमा विधान अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् । यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गौतम सहभागी हुने गरेका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।