image

कोरोना भाइरसको जोखिम कम हुँदै जाँदा  नो अब्जेक्सन लेटर लिनेको संख्या बढ्दो 

काठमाडौँ २८ माघ । कोरोना महामारीका कारण  गत  चैत देखि भदौ सम्म  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेश पढ्न जान चाहने नयाँ विद्यार्थीलाई केही समय अनुमति पत्र वितरणमा रोक लगाएको थियो । भदौ पछि नो अब्जेक्सन लेटर लिनको लागि खुल्ला गरिए सँगै अहिले उक्त अनुमाति पत्र लिनेको संख्या १५ हजार पुगेको बताएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार आहिले दैनिक  दुई सय बढीले नो अब्जेक्सन लेटर लिने गरेका छन् । वर्षेनी विश्वका विभिन्न एक सय भन्दा बढी देशमा नेपाली विद्यार्थीहरु अध्ययनको लागि जाने गरेकोमा कोरोनको कारण यो वर्ष कमि आएको वैदेशिक अध्ययन अनुमति पत्र व्यवस्थापन शाखाका उपसचिव दिलनाथ पुरीले बताए ।

महामारीकै कारण केही देशहरुले अध्ययन तथा रोजगारको लागि आउने विद्यार्थी र श्रमिकलाई रोक लगायत पनि विस्तारै ती सबै क्षेत्र चलायामान हुदैँ गएका छन् ।पछिल्लो समय कोभिड–१९ संक्रमणको जोखिम न्यून बन्दै गएको र भाइरसविरुद्धको खोप बनेकाले शिक्षा लगायत अन्य क्षेत्रहरुले पनि आफ्नो पुरानै लय समात्न थालेका हुन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।