image
image

झापामा डेढ लाख नगदसहित ६ जुवाडे पक्राउ

काठमाडौँ, १७, साउन । झापामा डेढ लाख नगदसहित ६ जुवाडे पक्राउ परेका छन् । दमक नगरपालिका–८मा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचलकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख ६० हजार रुपैयाँ बरामत गरिएको छ । 

पक्राउ पर्नेमा दमक ७ का होटल संचालक ३२ वर्षीय पदम सुब्बा, दमक ५ का २९ वर्षीय कैलास लिम्बु, सोही स्थानका ३३ वर्षीय मोहन ढुंगाना, दमक ६ का ३८ वर्षीय द्रोणचार्य कार्की, ५० वर्षीय प्रेम सुब्बा र ५० वर्षीय भीम सुब्बा रहेका छन् ।

हिजो बेलुका पौने ५ बजे सो होटलमा जुवाजन्य खेल खेलाइरहेका छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।