image
image

शैक्षिक सहकार्यका लागि दुई विश्वविद्यालयबीच सम्झौता  

काठमाडौँ, १७, साउन । शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्यालय सुर्खेत र बास्क कन्ट्री विश्वविद्यालय, स्पेनबीच सम्झौता भएको छ । मध्यपश्चिम विश्वविद्यालय र बास्क कन्ट्री विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि २०२१ मे १९ मा दुईपक्षीय सम्झौता भएको विश्वविद्यालयले जनाएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा.नन्दबहादुर सिंह र बास्क कन्ट्री विश्वविद्यालयतर्फबाट समकक्षी रेक्टर मारिया ईभा फेरेरिया गार्सियाद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पहिला भए पनि केही प्राविधिक कुरामा थप सहजीकरण भएपछि आइतवार सार्वजनिक गरिएको विश्वविद्यालयले जानकारी दिएको छ ।

दुई विश्वविद्यालयबीच अनुभव तथा वैज्ञानिक ज्ञान आदानप्रदान गर्दै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको वृत्ति विकास मार्फत समाज सेवामा योगदान दिनु यस सम्झौताको उदेश्य रहने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ । त्यस्तै दुई राष्ट्रबीच आपसमा सांस्कृतिक, वैज्ञानिक र शैक्षिक सम्बन्ध बलियो बनाउने, दुईटै विश्वविद्यालयका बिद्यार्थी तथा प्राध्यापकहरु आदानप्रदान गरी शैक्षिक सम्बन्ध स्थापित गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौता कार्यान्वयनका लागि मध्यपश्चिम विश्वविद्यालयतर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालय र बास्क कन्ट्री विश्वविद्यालयकातर्फ बाट अन्तरराष्ट्रिय सम्बन्ध भाइस ९रेक्टरेट सम्पर्क व्यक्तिका रुपमा रहने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले जानकारी दिनुभयो । उपकुलपति सिंहका अनुसार आम प्रावधान, स्नातक विद्यार्थीहरु बारे व्यवस्था, स्नातकोत्तर विद्यार्थी र संकाय, सम्झौता कार्यान्वयन तथा अवधि, सम्झौतामा अनुसूची रहेका छन । सम्झौताको सुरुको अवधिचार वर्षको रहनेछ भने त्यसपछि पुननवीकरण हुनेछ ।

शैक्षिक सत्र २०२२/२०२३ देखि प्राध्यापक तथा विद्यार्थीहरु आदान-प्रदान हुनेछन । सम्झौता लागु भएपश्चात दुई विश्वविद्यालय तथा देश बिच प्राध्यापक तथा विद्यार्थी आदान-प्रदान भई सुमधुर सम्बन्ध विस्तार हुने साथै प्राध्यापक, कर्मचारी तथा अध्यनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिन सक्नेछन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।