image
image

घट्न थाले फोरजी इन्टरनेटका प्रयोगकर्ता

काठमाडौं । पछिल्लो समय नेपालमा फोरजी इन्टरनेटका प्रयोगकर्ता घट्न थालेका छन् । केही महीना अघिसम्म उल्लेख्य मात्रमा थपिएका फोरजीका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को ११ महीना (जेठ मसान्तसम्म)को तथ्यांकअनुसार गत वैशाखको तुलनामा जेठमा प्रयोगकर्ता घटेका छन् । वैशाख मसान्तसम्ममा फोरजीका ७६ लाख ९७ हजार ८६३ जना प्रयोगकर्ता रहेकोमा जेठमा घटेर ७६ लाख ६४ हजार ४५९ मा सीमित छन् । गत वैशाखकोे तुलनामा जेठमा फोरजीका प्रयोगकर्ता ३३ हजार ५०४ जना घटेका छन् ।

नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीमध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलका छन् ।

सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले भने २१ हजारभन्दा बढी फोरजी प्रयोगकर्ता थपेको छ । वैशाखसम्म टेलिकमसँग वैशाखसम्ममा २६ लाख ८६ हजार प्रयोगकर्ता रहेकोमा जेठमा २७ लाख ७ हजार ४२९ जना पुगेको प्राधिकरणले बताएको छ ।

यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता १ लाख ५१ हजार ७१५ पुगेको छ । गत वैशाखसम्ममा स्मार्टका प्रयोगकर्ता २ लाख ६ हजार ३९३ जना थिए । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक छन् ।    
 
सोही अवधिमा जनसंख्याको ९१ प्रतिशतको पहुँचमा इन्टरनेट सेवा पुुगेको छ । प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०)लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो ।
प्राधिकरणको तथ्यांकअनुसार जेठसम्ममा २ करोड ७७ लाख ६ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत वैशाखको तुलनामा जेठमा ३ लाख ३१ हजार ४२२ प्रयोगकर्ता थपिएका हुन् । गत वैशाखमा २ करोड ७३ लाख ७५ हजार बढी प्रयोगकर्ता थिए । तथ्यांकअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । जेठसम्ममा मोबाइल इन्टरनेटको हिस्सा ६५ दशमलव ६८ प्रतिशत छ ।     
-आर्थिक अभियान दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।