image
image

पूर्वमाओवादी नेताहरूको आज पनि रिटमा सुनुवाइ नहुने

काठमाडौं, १५, साउन।एमालेमा गएपछि माओवादी केन्द्रले कारबाही गरेर पदमुक्त भएका ४ नेताले प्रतिनिधिसभा सदस्यमा पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ।न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको थियो।

यसअघि बिहीबार न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो।प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी,लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले पुनर्बहालीको माग गर्दै रिट दायर गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।