नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा अस्वाभाविक गिरावट !
काठमाडौँ - नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा केही सातायता निरन्तर कमी आएको छ । हुन त केही महिनायता धेरै कम्पनीको सेयर मूल्य तल झरेको छ । राजनीतिक अस्थिरता मूल्य घट्नुको प्रमुख कारण मानिएको छ । कम्पनीहरूको वित्तीय स्वास्थ्य, तरलता, अभावलगायत पनि सेयर मूल्य घट्नुका अन्य कारणहरू मानिछन् । तर, जसरी नेसनल हाइड्रोको सेयर मूल्य घटेको छ त्यसलाई सेयर विश्लेषकहरूले अस्वाभाविक मानेका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
दुई वर्षअघि रू. ६४४ सम्म पुगेको नेसनल हाइड्रोको सेयर मूल्य दुई साताअघि रू. ४५ मा आइपुगेको थियो । वैशाखलाई नै आधार मानेर हेर्ने हो भने पनि यसको मूल्य २०६५ मा करिब ३ सय र अघिल्लो वर्ष रू. १०० को हाराहारीमा थियो । धेरैजसो कम्पनीको मूल्य बढेको अघिल्लो साता नेसनलको पनि ५२ रुपैयाँ पुग्यो । तर गत हप्ता यसको मूल्य रू. ५१ भन्दा मािथ जान सकेन । हाइड्रो समूहका अन्य कम्पनीहरूको १८० दिनको औसत कारोबार मूल्यसँग तुलना गरेर हेर्दा पनि नेसनल सबैभन्दा पछि देखिन्छ । यस अवधिमा नेसनलको औसत मूल्य करिब ८० रुपैयाँ मात्र छ । जबकि हाइड्रो समूहका अन्य कम्पनी अरूण भ्याली, बुटवल पावर र चिलिमेको क्रमशः करिब रू. ५ सय, ९ सय र १ हजार छ । सेयर कारोबारको संख्या र जम्मा रकमका हिसाबले नेसनल अन्य हाइड्रो कम्पनीभन्दा अघि रहेको छ । यस अवधिमा कम्पनीको ३५ लाख ९ हजार २ सय २८ कित्ता सेयर करिब २९ करोड ८८ लाखमा कारोबार भएको छ ।