सरकारले श्वेतपत्रमा विगतको नेतृत्वलाई गाली नगर्ने
काठमाडौं, १५, साउन । अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याउन लागेको श्वेतपत्रमा विगतको नेतृत्वलाई गाली नगर्ने बताएका छन् । उनले नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०सँगको छलफलमा यस्तो बताएका हुन् ।
उनले भने, “श्वेतपत्रले कसैको अवमूल्यन गर्दैन । अर्थतन्त्रको यथार्थ चित्रण गरेर श्वेतपत्र आउँछ ।” केही आफ्नो कुरा प्रस्तुत गर्दा कसैलाई गलत नदेखाउने आफ्नो मान्यता रहेको उनको भनाई थियो ।
“श्वेतपत्र कसैलाई गल्ती देखाउन र आफूलाई हिरो देखाउन ल्याइने होइन । यही हो भने फिल्म खेल्ने गए भइहाल्छ,” मन्त्री शर्माले भने, “आफूलाई जे लाग्छ त्यतिमात्र बोल्नेछु, विगतको समीक्षा गरेर कसले कति गर्यो, कसले कति गरेन पनि भन्दिनँ ।“
मन्त्री शर्माले उपभोक्तामुखी अर्थतन्त्र बनाउने आफ्नो कार्यकालको मुल योजना रहेको पनि बताएका छन् । नयाँ सरकार गठन भएको स्थितमा आर्थिक अध्यायदेश संसदमा टेबल भएको बताउँदै उनले यसलाई टुङ्याउन पनि बाँकी रहेको तथा बुझ्न पनि आवश्यक रहेको बताए ।