उखुको भुक्तानीमा सधैं झेल
काठमाडौं : परम्परागतरुपमा धान बाली लगाउँदै आएका तराईका किसान नगदे बालीको रुपमा रहेको उखु खेती गर्न थाले। धानको तुलनामा निकै आम्दानी हुने देखेर एकपछि अर्को किसान उखु खेती गर्न तम्सिए। उखुबाट राम्रो आम्दानी हुने भएपनि उद्योगीले सधैँ जालझेल गर्ने गरेकाले किसान आजित भइसकेका छन्।
annapurna post
किसानले बैंकबाट ऋण लिएर भएपनि उखु खेती गरेका छन्। तर वर्र्षाैदेखि भुक्तानी नपाउँदा किसान तनावमा छन्। सर्लाही, नवलपरासी, रौतहतलगायत तराईका धेरै जिल्लाहरूमा उखु खेती हुन्छ। किसान रामविलास महतोले उद्योगबाट ८० हजार रुपैयाँ भुक्तनी पाएका छैनन्। उनी मात्र होइन उखु खेती गर्ने अधिकांश किसानले पूर्णरुपमा भुक्तानी पाउन सकेका छैनन्।
२०७७ माघको पहिलो हप्तामा सरकारले किसानसँग सम्झौता गरी २१ दिनभित्र भुक्तानी दिने घोषणा गरेको थियो। वक्यौता रहेको १५ करोड अझै किसानले पाउन सकेका छैनन्। वक्यौता रहेको ६५ करोड रकम किसानलाई दिलाइदिने सरकारले घोषणा गरेको भएपनि किसानले १५ करोड अझै नपाएका हुन्।
किसानलाई भुक्तानी नदिने उद्योगहरूमा सर्लाहीको अन्नपूर्ण चिनी मिल धनकौल, सर्लाहीकै महालक्ष्मी चिन मिल बगदह, नवलपरासीको लुम्बिनी चिनी कारखाना र इदिरा सुगर मिल र रौतहतको श्रीराम सुगर मिलले किसानलाई १५ करोड भन्दा बढी रकम अझै भुक्तानी गर्न बाँकी छ। अन्नपूर्णको ८ करोड, श्रीरामको ३ करोड, इन्दिरा र लुम्बिनीको २/२ करोड र महालक्ष्मीको ५० लाख किसानलाई भुक्तानी गर्न बाँकी छ।
उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले सरकारले प्रतिवद्धता जनाए अनुसार भुक्तानी दिलाउन नसकेको बताए। ‘सरकार र उद्योगीको ध्यानाकर्षण गराएका छौं’ उनले भने‘,भदौ ५ गतेसम्म सबै भुक्तानी नपाए पुन: आन्दोलन गर्र्र्छाै।’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्रिपक्षीय सम्झौता गरी उद्योगीको सम्पूर्ण वक्यौता २१ दिनभित्र भुक्तानी गरिदिने घोषणा गरेपनि किसानले करिब ६ महिना पुग्नै लाग्दा पनि भुक्तानी पाउन नसकेका हुन्।
-अन्नपुर्णपोस्टबाट