image
image

सेवोनलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौँ १४ साउन । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई स्पष्टीकरण सोधेको छ । विभिन्न सञ्चारमाध्यमममा बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गाना र उहाँको परिवारले साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीसँग मिलेमतो गरेको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बुधबारदेखि लागू हुने गरी तीन दिनभित्र स्पष्ट गरी पठाउन भनेको छ ।“विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका बोर्डसँग सम्बन्धित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थ के हो, सो को स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपस्थित गराइदिनुहुन आदेशानुसार अनुरोध छ”, सो पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।