image
image

आजबाट मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ खुल्ला


काठमाडौँ १४ साउन । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) आजबाट खुल्ला भएको छ । कम्पनीको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सक्नेछन् । 


सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।


प्रतिकित्ता १ सय रुपैयाँका दरले ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि न्यूनतम् १० कित्तादेखि आवेदन दिन पाइने कम्पनीले जनाएको हो ।


कम्पनीका अनुसार ६ लाख ८४ हजार ७४६ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने बाँकी ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याएको छ । त्यसैगरी, २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।