अन्तर्राष्ट्रिय बाघ दिवस : चुनौतीका बीच सफलता
काठमाडौँ १४ साउन । नेपालमा पाटेबाघ संरक्षणमा चुनौती रहे पनि सफलता मिलेको छ । नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या २५० पु¥याउने लक्ष्य नजिक पुगेको हो । नेपालका तराईसँगै पहाडी क्षेत्रमा समेत पाटे बाघ पाइन्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा दीपककुमार खराल बाघ संरक्षणमा नेपाललाई सफलता मिलेको बताउनुहुन्छ । सफलतासँगै चुनौती रहेको भन्दै उहाँले रणनीतिक योजनामार्फत संरक्षणमा जुटेको बताउनुभयो । उहाँले भन्नुभयो “हामी लक्ष्यको नजिक छौँ । यसै वर्ष बाघ गणना गर्छाैं ।” सन् २०१८ को पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या २३५ रहेको छ । सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ रहेका छन् । महानिर्देशक खराल सन् २०१८ यता बाघको सङ्ख्या बढेको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “पछिल्ला वर्षहरुमा बाघको गतिविधि हेर्दा सङ्ख्या बढेको अनुमान गर्न सकिन्छ ।”
बाघ संरक्षणमा विशेष कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उहाँको भनाइ छ । बाघको बासस्थानको पहिचान र सम्भाव्यता अध्ययन गरिँदै छ । बाघ पाइने ठाउँमा बासस्थान सुधार गर्ने भन्दै उहाँले भन्नुभयो, “आहारा प्रजाति बढाउन आवश्यक घाँसे मैदान, पानी पोखरी र सिमसार क्षेत्र सुधार कार्यक्रम अगाडि बढाउँछौँ ।”
बाघसम्बन्धी अध्ययन, अनुसन्धान, अनुगमन र प्रविधिको विकासको उपयोग गरिने उहाँको भनाइ छ । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि घटना भइसकेपछि राहत वितरणलाई सरलीकरण गर्ने, घाइते बाघका लागि उद्धार केन्द्र व्यवस्थित गर्ने, पहाडी क्षेत्रमा समेत बाघ देखिएकाले ती क्षेत्रमा बासस्थानको विकास गर्ने खराल बताउनुहुन्छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदर चिडियाखाना प्रमुखसमेत रहनु भएका बाघ विशेषज्ञ डा चिरञ्जीवी पोखरेल चोरीशिकार रोक्नुपर्ने, मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउनुपर्ने तथा बासस्थान संरक्षण गर्नुपर्नेमा जोड दिनुहुन्छ । रणनीतिकरूपमा बाघ संरक्षणमा लाग्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बाघ संरक्षणमा गरिएका प्रयासहरु अझै पर्याप्त छैनन् ।” बाघको महत्वका बारेमा जनचेतना फैलाएर आम समुदायलाई संरक्षणमा केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ ।
नेपालमै सबैभन्दा बढी बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुहुन्छ । वनमा आश्रित हुन बाध्य समुदायलाई समयमै वैकल्पिक पेशामा लगाउन सकिएमा द्वन्द्व घट्ने उहाँको तर्क छ ।
दुर्लभ एकसिङ्गे गैँडा र बाघको संरक्षणमा केन्द्रित यस निकुञ्जका प्रमुख बराल गैँडाको चोरीशिकार भएको थाहा हुने भए पनि बाघको कतिपय घटना थाहा नहुने बताउनुहुन्छ । तस्करले बाघ मारेर अवशेष नछोडी लान सक्ने भएकाले चोरीशिकारी नियन्त्रणमा फरक रणनीतिका साथ लाग्नुपर्ने उहाँको भनाइ छ । सन् २०१० मा लागू गरिएको बाघ संरक्षण विशेष कार्यक्रम हाल नभएको भन्दै उहाँले विशेष योजना बनाएर संरक्षणमा जुट्नुपर्ने अवस्था आएको बताउनुभयो ।