image
image

लमजुङको राईनासमा धानबालीमा खपटे किराको प्रकोप

काठमाडौँ, १४, साउन । लमजुङको राईनास नगरपालिकामा धानमा लाग्ने किराको प्रकोप देखिन थालेको छ । गत असार महिनामा मात्रै रोपिएको धान वालीमा काडेदार खपटे हिस्पाको प्रकोप देखिन थालेको हो । नगरपालिका अन्तर्गत मुख्य खाद्यान्न वालीको रुपमा रहेको धान वालीमा काडेदार खपटे हिस्पाको प्रयोग देखिन थालेको राईनास नगरपालिका कृषि शाखा प्रमुख विजय श्रेष्ठले बताए ।  

रोपाई भएको एक महिनाकै अवधीमा किराको प्रकोप परेपछि किसानको जिविकोपार्जनमा समेत प्रत्यक्ष असर पार्नसक्ने कृषि शाखा प्रमुख श्रेष्ठको भनाई छ । कृषकहरुले दिएको जानकारी अनुसार राईनास नगरपालिका अन्तरगतका तिनपिल्ले गरमवेशी लगायतका क्षेत्रमा यस किराको प्रकोप देखिएको छ । धानमा किराको प्रकोप देखिन थालेसँगै राईनास नगरपालिकाले सुचनामार्फत यस किराको प्रकोपवारे जानकारी र  व्यवस्थापन लागि कृषकहरुलाई सुचना जारी गरेको छ ।   

वयस्क खपटे किरा निलो र कालो रंगको काडेदार पखेटा भएको हुने र यसले क्षति पुराएको पातमा सेता धर्साहरु देखिने कृषिशाखा प्रमुख श्रेष्ठको भनाई छ । यस किराले धानको पात र गुभो खाएर बिरुवा नै सुक्ने र  धानबालीलाई नष्ट पार्न सक्ने उनले बताए । 

काडेदार खपटे हिस्पा प्रकोपको व्यवस्थापनका लागी धानको पातको टुप्पामा फुलहरु देखिएमा टुप्पो चुँडेर नष्ट गर्न पालिकाले कृषकलाई आग्रह गरेको छ । त्यस्तै धानको व्याडमा टम्म पानी जमाउने र पानीमा उत्रेका खपटेलाई जम्मा गरी नष्ट गर्न आग्रह गरेको छ ।

प्रकोप वढि भएमा अन्तिम विकल्पको रुपमा क्लोरपाईरीफल पानिमा मिसाई प्रयोग गरी व्यवस्थापन  गर्न सकिने नगरपालिका कृषि शाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।