image
image

लमजुङका किसान कोदो रोप्न व्यस्त

काठमाडौँ, १४, साउन। कोरोना भाइरस सङ्क्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाबीच यहाँका किसान यतिबेला कोदो रोप्न व्यस्त छन् । समयमै पानी परेकाले धान  र कोदो रोप्न  सहज भएको हो । हालसम्म जिल्लाभर करिव ३५ प्रतिशत जमीनमा कोदो रोपिएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीअनुसार, जिल्लाभर नै कोदो रोप्न थालिएकामा चिसो ठाउँ, मकैबारीभित्र र मकै भाँचिसकेका बारीमा पनि किसानले कोदो रोपिरहेका छन्।       

दोर्दी गाउँपालिका–३ का किसान बुद्धिमान श्रेष्ठले भने, “धान रोपेर बसे

का  यहाँका किसानलाई  कोदो रोप्न भ्याइनभ्याइ छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेका बेलामा त्यसको डरभन्दा पनि कोदो रोप्ने चिन्तामै किसान रुमल्लिएका छन् ।”

दोर्दी गाउँपालिका–५ पाचोकस्थित सिमरुङगाउँका  कुमार तामाङले साउनको पहिलो हप्ताबाटै कोदो रोप्न थालिएको बताए । उनले भने, “खेतीपातीको समय भएकाले धान रोपाइँ सक्नासाथ कोदो रोप्न व्यस्त छु ।” 
   
मस्र्याङ्दी गाउँपालिका–६ लामपाटा गाउँकी शान्तिमाया तामाङले  पनि कोदो रोप्दा रोप्दै दिनबित्ने गरेको र  अहिले पर्म तिर्नका लागि पनि रोप्न जानुपरेको बताए।

आलोपालो गरेरै यहाँका किसान कोदो रोप्ने गरेका छन् । कार्यालयका प्रमुख रोहीणीराज घिमिरका अनुसार जिल्लाका दोर्दी, नाल्मा, भुलभुले, पसगाउँ, भोँजे, गिलुङ, मालिङ, करापुलगायत गाउँमा कोदो उत्पादन राम्रो हुँदै आएको छ ।

जिल्लामा सात हजार ९१९ हेक्टर जमीनमा कोदो रापाइँ हुँदै आएकामा  करीब ६ हजार १६० मेट्रिकटन कोदो उत्पादन हुने गरेको उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।