image
image

मध्यपश्चिम विश्वविद्यालयको मुल गेटमा प्राध्यापकहरूको धर्ना

काठमाडौँ, १४, साउन । मध्यपश्चिम विश्वविद्यालयको मुल गेटमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनले धर्ना तथा भण्डाफोर कार्यक्रम गरेको छ । नेपाल राष्ट्रिय प्राध्यापक संगठनले क्याम्पस प्रशासन तथा उपकुलपतिको कार्यशैलीविरुद्ध उक्त कार्यक्रम गरेको हो।

पूर्व योजना अनुरुप आन्दोलनलाई निरन्तरता दिँदै नेपाल राष्ट्रिय प्राध्यापक संगठनले क्याम्पसका उपकुलपति नन्द बहादुर सिंहको कार्यशैलीको विरोध जनाएका छन्। 

क्याम्पसमा विद्यार्थीले पाउनुपर्ने सेवा उपकुलपतिले कटौती गरेको आरोप उनीहरुले लगाएका छन् । क्याम्पसको पठनपाठन ठप्प पारेर आन्दोलित हुनुपर्ने आफूहरुको बाध्यता रहेको प्राध्यापक भीम बहादुर खड्काले बताए।

विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने मनसाय आफूहरुको नरहेको जिकिर गर्दै  उनले विद्यार्थी, प्राध्यापक तथा कर्मचारीका जाहेज मागहरु तत्काल सम्वोधन गर्ने माग गरे।

जाहेज मागहरुको तत्काल सम्वोधन नभए थप क्षति व्यहोर्नु पर्ने चेतावनी समेत दिए।

केहीदिन यता क्याम्पसका सम्पूर्ण सेवा ठप्प छन्। क्याम्पसमा लगाइएको ताला खुल्न सकेको छैन्। कोरोनाले सिथिल बनेको शैक्षिक क्षेत्र पुनः आन्दोलन र धर्नाको चपेटामा परेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।